शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – खगोल विज्ञान तथा खगोल भौतिक विज्ञान अनुसन्धान सम्बन्धी एक दिने कार्यशाला गोष्ठी हुने भएको छ ।

यस वर्ष इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनको अनुमति तथा सहकायर्मा नेपाल एस्ट्रोनोमिकल सोसाइटीले ‘नेपालमा खगोल वैज्ञानिक सीप विकास’ नामको कार्यक्रम सुरु गर्दैछ ।

पहिलो चरण अन्तर्गत आउँदो १५ गते नेपाल विज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिस्थान, खुमलटारमा खगोल विज्ञान तथा खगोल–भौतिक विज्ञान सम्बन्धी एक दिने कार्यशाला गोष्ठी आयोजना हुने आयोजक सोसाटीले जनाएको छ ।

कार्यक्रममा भाग लिन आउँदो ११ गतेसम्म बिएस्सी तेस्रो तथा चौथो वर्षमा अध्ययनरत विद्यार्थीले https://goo.gl/iRPGMk मा गई आफ्नो आवेदन दर्ता गरी सक्नु पर्नेछ । कार्यक्रमको दर्ता शुल्क एक सय रुपैयाँ रहेको छ ।

काठमाडौं उपत्यका बाहिरका विद्यार्थीका लागि सीमित भ्रमण वृत्तिको पनि व्यवस्था गरिएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यस कार्यक्रमबाट बढीमा १५ जना आगामी वर्ष जेष्ठ महिनामा हुने ७ दिने खगोल विज्ञान तथा खगोल–भौतिक विज्ञान अनुसन्धान ग्रिष्मकालिन विद्यालयमा सहभागी गराइने जनाइएको छ ।

के हो ‘नेपालमा खगोल वैज्ञानिक सीप विकास’ कार्यक्रम ?

यो कार्यक्रम खगोल तथा खगोल भौतिक विज्ञानप्रति नेपालमा अध्यनरत विधार्थीहरुको चासोलाई उनीहरुको शैक्षिक कार्यक्रमसँग मेल खाने गरी अनुसन्धानमा उत्प्रेरित गरेर आगामी १ वर्ष भित्र कम्तिमा ३ वटा वैज्ञानिक प्रकाशन गराउने उद्देश्यले सुरु गरिएको एक महत्वाकांक्षी कार्य्रक्रम हो ।

यो कार्यक्रमसँगै नेपाल एस्ट्रोनोमिकल सोसाइटीलाई इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले अनुसन्धान संस्थाको सूचीमा राखेको छ ।

इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन सन् १९१९ मा स्थापना भएको एक मात्र अन्तरास्ट्रिय संस्था हो । इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन खगोल विज्ञान, खगोल भौतिक विज्ञान सम्बन्धी सबै किसिमको अध्ययन अनुसन्धानको आधिकारिकतामाथि समर्थन र प्रश्न चिन्न खडा गर्न सक्ने संस्था हो ।

तपाईको प्रतिक्रिया