शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो-जापानको कानुन मन्त्रालय अन्तर्गतको अध्यागमन बिभागले ओभरस्टे तथा अबैधानिक रुपमा जापान प्रबेश गरेका ४७ जना बिदेशीलाई फिर्ता पठाईदिएको छ ।उनीहरुलाई यहि फेब्रुअरी ८ तारिखका दिन जहाज चार्टर गरेर फिर्ता पठाईएको मन्त्रालय श्रोतले जनाएको छ ।

फिर्ता पठाईनेमा सबै भियतनामी नागरिक भएको र आठदेखि ४९ बर्षसम्मका पुरुष तथा महिला भएको पनि जनाईएको छ । उनीहरुको जापान बसाईको अवधि अधिकतम २१ बर्ष ५ महिनासम्म रहेको पाइएको छ । यसरी अबैधानिक रुपमा बसोबास गर्नेहरुलाई जहाज चार्टर गरेर पठाउने कार्य सन् २०१३ देखि सुरु भएको हो र यो सातौं पटक हो ।

बिभिन्न अबैधानिक कृयाकलापमा संलग्न भई आफ्नै देश फिर्ता हुन निर्देशन दिईएको तर अटेर गरी फर्कन नमानेकाहरुलाई अध्यागन बिभागले यसरी जहाज चार्टर गरेर आफ्नै खर्चमा फिर्ता पठाउने गरेको छ । जसको लागि करिब २ करोड ६० लाख येन खर्च हुने पनि जनाईएको छ । यस पटक फिर्ता पठाईएकाहरु मध्ये मुद्दा चलिरहेका वा शरणार्थी अवेदनमा बिचाराधिन ब्यक्तिहरु नभएपनि ४७ जना मध्ये २४ जनाले बिगतमा शरणार्थीको लागि आवेदन दिएका थिए । यसरी जबरजस्ती फिर्ता पठाउने प्रकृयाले पछिल्लो समयमा अत्यधिक बृद्धि भएको शरणार्थी आवेदनमा केहि रोकथाम हुन सक्ने सम्बन्धित अधिकारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया