शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो–जापानका प्रधानमन्त्री सिन्जो आबे र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन उत्तर कोरियामाथिको प्रतिबन्ध लागू गर्नका लागि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा प्रस्ताव ल्यैजानका लागि सहमत भएका छन् ।
ओलम्पिकका लागि दक्षिण कोरिया पुगेका प्रधानमन्त्री आबे र मुनका बिचमा खेलको उद्घाटन हुनु पूर्व प्योङ्चाङ स्टेडियमको नजिकै रहेको एक होटलमा भएको करिब आधा घण्टा लामो वार्तामा सो सहमति भएको एनएचकेको समाचारमा जनाइएको छ ।
मुनले ओलम्पिक खेलको अवसर पारेर उत्तर कोरियाको परमाणु विकास कार्यक्रमको मुद्धा सुल्झाउनका लागि तथा कोरियाली प्रायद्धीपमा स्थायी शान्ति स्थापनाका लागि आफू लागि परेकाले यस कार्यका सघाउनका लागि आबेलाई अनुरोध गरेका थिए । मुनले साझा इतिहासप्रति नजर बनाई राख्नका लागिका लागि जापानको साथ भविष्योन्मुख सम्बन्धका लागि आबेको साथ मिल्लेमा विश्वस्त रहेको बताएका थिए । यस उदेश्यका लागि उनले नियमित कूटनीतिक सक्रियता तथा शीर्ष नेतृत्वको स्तरमा सहयोग मजबुत बनाउन चाहेको बताए ।
प्योङ्चाङ ओलम्पिक खेलको सफलता २०२० मा जापानमा हुन लागेको ओलम्पिक खेलको सफलतासँग आफूले जोड्न चाहेको आबेको बताएका थिए । उनले उत्तर कारियाको मुद्धामाथि जापान, दक्षिण कोरिया र अमेरिकाको घनिष्ठताको पुनः पुष्टि गर्न आफू लागि रहेको बताए ।
प्रधानमन्त्री आबेले अन्तर कोरियाली वार्ताको सराहाना गरेपनि उत्तर कोरियाले आफ्नो कार्य जारी राखेकाले सचेत रहेर कार्य गर्नका लागि दक्षिण कोरियालाई आग्रह गरे ।
यसैबिच जापानी सरकारी स्रोतका अनुसार आबे र उत्तर कोरियाका सुप्रिम पिपुल्स एसेम्बलका स्थायी समिति अध्यक्ष किंम योंग नामकासँग भेटवार्ता भएको छ । यस भेटलाई अर्थपूर्णरुपमा लिइएको छ ।

तपाईको प्रतिक्रिया