शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडाैं – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिले निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता लिने समयसीमा ३ महिना थप गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरवहादुर देउवाको अध्यक्षतामा बालुवाटारमा बिहान बसेको बैठकले निजी आवास पुनर्निर्माणका लागि दोश्रो किस्ता लिने समयावधी चैत्र महिनासम्म बढाउने निर्णय गरेको हो । यसअघि तोकिएको समय गत पुष मसान्तमा सकिएको थियो । बैठकमा प्रधानमन्त्री देउवाले भूकम्पको पुर्व आंकलन गर्न नसकिने भएकाले यसबाट बच्न पूर्व सचेतना बढाउन जरुरी रहेको उल्लेख गर्नुभएको थियो ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भूकम्प पीडितका लागि पछिल्लो समय थप गरिएको एक लाख रुपैयाँको स्रोत व्यवस्थापनका लागि प्रयास भइरहेको भन्दै बिश्व बैंकले ४० अर्ब रुपैया दिने सहमति भइसकेको जानकारी गराउनुभयो  । बैठकमा प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले पुनर्निर्माणमा अहिलेसम्म भएका प्रगति, बजेटको अवस्था लगायत बिषयमा बैठकमा जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया