शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – नेपालबाट रोजगारीका लागि विदेशीने नेपालीको संख्या थुप्रो छ । कतिपय रहरले विदशीन्छन् त कति बाध्यताले । खासगरि २०७२ सालमा गएको भुकम्पले कतिको ज्यान लियो कतिलाई अपांग बनायो त कति घरबारविहिन भए ।

त्यसपछि विदेशीनेहरुको संख्या अझैं धेरै भयो । भुकम्पले सबै तहसनहस बनाइदिएपछि विदेशीनुपर्ने बाध्यतालाई आधार बनाएर नरेश खातीले भर्खरै मात्र बजारमा “रुदै रुदै तिम्रो शहर” बोलको गीतमा बजारमा ल्याउनुभएको छ । उहाँको गीतमा यस्ता शब्द छन् ।

रित्तो आत्मा बोकेर लाने मन
कहाँ थियो र छोडेर जानी मन
रुदैं रुंदैं तिम्रो शहर छोड्ने बेला भयो
हिजो दिउँसो सँगै थियौं आज बाटो लागेँ सानु
रात्री बसले अब घुम्ती मोड्नी बेला भयो
फर्किएर आम्ला कि नआम्ला फेरी देख्न पाम्ला कि नपाम्ला
रुदैं रुंदैं तिम्रो शहर छोड्ने बेला भयो
हिजो दिउँसो सँगै थियौं आज बाटो लागेँ सानु
रात्री बसले अब घुम्ती मोड्नी बेला भयो

खास गरी बाध्यताले विदेशमा जानेहरुका लागि बनाइएको यस गीतको सबै पाटो एकदमै राम्रो बनेको छ । नरेश खातीका यसअघि पनि थुप्रै गीत बजारमा छन् । यो गीतमा पनि उहाँले एकदमै मन छुने शब्द लेख्नुभएको छ । भने संगित पनि उहाँको नै छ ।

यो गीतको अर्को उत्कृष्ठ पक्ष भनेको गायन पनि हो । नरेशका भाई मेक्सम खाती जो २१ वर्षको मात्रै हुनुहुन्छ तर यो गीतमा उहाँको आवाज सुन्दा पत्याउनै मुस्किल पर्छ । निकै मिठो गाउनुभएको छ । जसको चर्चा सामाजिक सञ्जालमा पनि भएको छ ।

नरेश खाती र मेक्सम खाती जो गीत संगीत क्षेत्रमा नमुना र उदाहरणीय दाजु भाई पनि धेरैले भन्ने गरेका छन् । साथै उहाँले गायिका पुर्णकला वि.शीले साथ दिनुभएको छ ।

प्रकाश भट्टको निर्देशन अनि महेन्द्र गौतम र रन्जिता गुरुङको साथमा हिउँवाला गौतम, नरेश खाती लगायत अन्य बालकलाकारहरुको जिबन्त अभिनय देख्न सकिन्छ ।

खासगरी मोडलद्वय महेन्द्र गौतम र रञ्जीता गुरुङ सेन्टिमेण्टल गितमा जिवन भर्न, रुन अनि रुवाउनकै लागि हुन् । भन्नेहरुको पनि जमात छ । उहाँहरुले अभिनय गर्नुभएको थुप्रै गीत दर्शक स्रोताले एकदमै रुचाएका छन् । उहाँहरुको अभिनयले अझ यो गीतलाई जति हेरे पनि नअघाउने बनाइदिएको छ ।

गीतमा मोडल महेन्द्र गौतमले गरिब परिवारको जिम्बेवार छोरा बन्न आफ्नो बुढी आमा अनि, आफ्नो जिबनसाथीलाई सधै खुसि राख्न ,सँगै बस्ने मन हुदा हुदै पनि केहि घर छोडेर हिडेको र अर्कातिर मोडल रन्जिता गुरुङ्गले भूकम्पमा परि आफ्नो श्रीमान अपाङ्ग भएपछि आफ्नो श्रीमान अनि बालबच्चाको भबिस्यकोको लागि गरेको त्यागलाई अत्यन्त कारुणिक ढंगमा देखाइएको छ ।

यस गीतलाई गोरक्ष म्युजिक प्रा।लि ले बजार ब्यबस्थापन गरेको छ । नरेश खातीको अभिनयले धेरैको मन छोएको छ ।

https://www.youtube.com/watch?v=kv8rmp5rr4I&list=RDMMkv8rmp5rr4I

तपाईको प्रतिक्रिया