शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

चिकित्सा विज्ञानमा धेरै शब्दहरु अंग्रेजी भाषामा सुचना आदान प्रदान गर्दा अलि सरल र सरस हुन्छ । ह्रदयघात भयो रे भन्नु भन्दा हार्टअटाक् भयो रे भनेको शब्दहरु अचेल प्राय धेरै सुन्नुमा आउछ । समग्र मुटु सम्बन्धित रोगहरु लाई अंग्रेजीमा कार्डियोभास्कुलर डिजिज (मुटु अथवा रक्तनली सम्बन्धी रोग) भनिन्छ । मुटु (हार्ट) मा लाग्ने रोगहरु धेरै प्रकारको हुन् ।

बिशेषगरि हार्टअटाक् र कार्डिक एरेस्टले छोटो समयमानै मानिसहरुको प्राण लिने भएकोले यसलाई प्राणघातक रोग भन्ने गरेको पनि पाईन्छ । विश्व स्वास्थ्य संगठन सन् २०१५ को तथ्याङ्कले विश्वमा बार्षिक करिब १ करोड ७७ लाख मानिसहरु कार्डियोभास्कुलर डिजिज (मुटु रोग) बाट मर्ने गरेको देखाएको छ । यो मानब मृत्युको ३१५ हिस्सा हो । त्यसकारण मुटुरोग लाई मानव मृत्युको नम्बर एक रोगका रुपमा लिइँदै आएको छ ।

नेपाली समाजमा हार्टअटाक् भन्ने रोगबारे धेरै मात्रामा अबगत छ तर कार्डिक एरेस्ट भनेको प्राय कम मात्रामा सुन्न पाईन्छ । धेरै मानिसहरुलाई कार्डिक एरेस्ट भनेको के हो खासै थाहा पनि छैन । हालै मात्रा माओबादी केन्द्रका युवा नेता प्रकाश दाहालको कार्डिक एरेस्टको कारणले निधन भए पछि कार्डिक एरेस्टबारे चर्चा चलेको थियाे । आजको यो लेखमा हार्टअटाक् र कार्डिक एरेस्टबारे सक्दो जानकारी दिने प्रयास गर्ने छु ।

हार्टअटाक् र कार्डिक एरेस्ट के हो ?
पहिला यी कुराहरु बारे जानकारी राख्नु पर्छ हार्ट अटाक् र कार्डिक एरेस्ट बुज्नको लागि । मुटुले शुद्ध रगत (अक्सिजन युक्त) रक्तनलीको माध्यम बाट शरीरको सम्पूर्ण तन्तुहरुमा र अशुद्ध रगत (कार्बनडाईअक्साईड युक्त) फोक्सोमा प्रवाह गर्छ । शरीरको तन्तुहरुमा जम्मा भएको अशुद्ध रगत र फोक्सोमा श्वास(प्रश्वासको प्रक्रियाबाट शुद्ध भएको रगत फेरि मुटुमा जम्मा हुन्छ ।

यो दुई ओटा प्रणाली पुरा हुनको निम्ति मुटु खुम्चने (कनट्रयाक्सन) र फुक्ने (रिल्याक्सेसन ) दुई ओटा प्रक्रिया हुन्छ । मुटु खुम्चदा (सानो हुदा) मुटुबाट शरीरको भागमा रक्तनलीहुदै रक्तसंचार हुन्छ र मुटु फुक्दा (ठुलो हुदा) शरीरको तन्तुहरुबाट रक्तनलीहुदै मुटुमा रगत जम्मा हुन्छ । मुटुले खुम्चने र फुक्ने प्रक्रिया पुरा गर्दा एक प्रकारको ढुक्क–ढुक्क गरेर आवाज निस्कन्छ यसलाई मुटुको धड्कन अथवा हार्ट बिट भनिन्छ । तर मुटु धडकिनको लागि मुटुमा एक किसिमको बिधुतिय प्रसारण हुनु पर्दछ । यसलाई अंग्रेजी भाषामा इलेकट्रीकल कनडक्सन सिस्टम अफ दि हार्ट भनिन्छ ।

यो बिधुतिय तरङ्ग मुटुको सिनोएट्रीएल नोडले उत्पन्न गर्छ र यो इलेकट्रीकल सिग्नल एभी नोड हुदै मुटु भित्र यात्रा गर्छ । मुटुको ईसीजी गर्दा इलेकट्रीकल सिग्नल उल्टो भी आकारको लाम्चो ठुलो र उल्टो यु आकारको सानो ग्राफ टिई–टिई गर्दै निस्किएको देखिन्छ । यदि इलेकट्रीकल कनडक्सन सिस्टममा कुनै खराबी आएन भने मुटुको धड्कन नियमित हुन्छ र नियमित रुपमा मुटुले ढुक(ढुक गर्दै शरीरमा रक्तसंचार गरिरहेको हुन्छ ।

अब तपाईहरुले यदि मुटुमा बिधुतिय तरङ्ग प्रसारण हुदो रहेछ र यहि बिधुतिय तरङ्ग अथवा इलेकट्रीकल कनडक्सन सिस्टमले गर्दा मुटु ढुक-ढुक गर्दो रहेछ अनि मुटुको धड्कन नियमित हुदा रक्तनली अथवा धमनीबाट शरीरका अंगहरुमा नियमित रक्तसंचार अथवा ब्लूड सर्कुलेसन सिस्टम हुनेरहेछ भन्ने कुरा बुज्नु भो भने तपाई लाई हार्टअटाक् र कार्डिक एरेस्ट भनेको के हो सजिलै बुज्न सक्नुहुन्छ । एक लाईनमा लेख्नु पर्दा कार्डिक एरेस्ट भनेको इलेकट्रीकल कनडक्सन सिस्टममा समस्या हो र हार्ट अटाक् भनेको ब्लूड सर्कुलेसन सिस्टममा समस्या हाे। अब ब्याख्या गर्दा तपाईहरु लाई बुज्न सजिलो हुन्छ ।

कार्डिक एरेस्ट
अंग्रेजी भाषामा मुटु वा हृदयसम्बन्धी प्रयोग हुने बिशेषणलाई कार्डिक भनिन्छ । अब एरेस्ट भनेको नेपालीमा पक्रनु अथवा गिरफ्तार गर्नु हो अथवा मुटुले आफ्नो नियन्त्रण गुमाउनु हो । अब मुटु अनियन्त्रित भए पछि मुटुको धड्कन एक्कासी अनियमित हुन्छ र बन्द हुन्छ अनि मुटुले शरीरको महत्वपूर्ण अंग जस्तै ब्रेनमा रक्तसंचार गर्न सक्दैन । अब ब्रेनमा रगत नपुग्ने बित्तिकै मानिस बेहोस हुन्छ ।

बिरामीले कुनै प्रतिक्रिया नै दिदैन, श्वास प्रश्वास गरेको पनि थाहा हुदैन। यदि तत्कालै उपचार भएन भने केहि मिनेट भित्र नै बिरामीको मृत्यु हुन्छ । तुरुन्तै प्राण लिने रोग भएकोले यसलाई सडेन (तुरुन्तै) कार्डिक डेथ (मृत्यु) पनि भनिन्छ ।

कार्डिक एरेस्ट कसरी हुन्छ ?
सजिलोको लागि चित्रमा हेर्नु होला । जब हार्टको इलेकट्रीकल कनडक्सन सिस्टम फेल हुन्छ अनि मुटुको तल्लो कोठा (भेनट्रीकल्स) मा एकदम कम्पन हुन्छ अथवा भेनट्रीकल्स थर(थर हल्लिन्छ।यसलाई मेडिकलको भाषामा भेनट्रीकुलर फाईब्रीलेसन भनिन्छ । जब भेनट्रीकुलर फाईब्रीलेसन हुन्छ हार्ट बिट एक्कासी अनियमित हुन्छ र बन्द हुन्छ अनि बिरामी मुर्छित हुन्छ र केहि मिनेटमा मृत्यु हुन्छ । यो रोगले आक्रमण गर्ने बिरामीको दुर्भाग्य नै भन्नु पर्छ कि कार्डिक एरेस्ट हुनु भन्दा अगाडी प्राय आक्रमण गर्ने कुनै संकेत नै देखिदैन र कार्डिक एरेस्ट हुने बित्तिकै बिरामी अचेत हुन्छ ।

ह्रदयघात (हार्टअटाक्) के हो, कसरी र के हुन्छ ?
हार्ट अटाक् भनेको ब्लूड सर्कुलेसन सिस्टममा समस्या हो । मानिसहरुको रक्तनली भित्र विभिन्न कारणबाट चिल्लो पदार्थ जमेर साँघुरो हुने गर्छ । जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीमा पर्याप्त मात्रामा अक्सिजन पुग्दैन। जब शरीरको कुनै तन्तुमा अक्सिजनको आपूर्ति बन्द हुन्छ, त्यो तन्तुमा क्षती हुन्छ । यदि रक्तनली पुरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा अक्सिजनको आपूर्ति ठप्प हुन्छ ।

मुटुमा अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षतिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिदै गएमा मुटुको मांसपेशी मर्दछ र मुटुले नियमित रक्तसंचार गर्न छाड्छ । यो अवस्थालाई हृदयाघात भएको भनिन्छ । सजिलोको लागि चित्रमा हेर्नुहोस । रक्तनलीमा अबरोध हुदा रगत मुटुको सबै भागमा पुग्न नसकी फर्किएको छ र पर्याप्त मात्रामा अक्सिजन अपुग हुदा मुटुमा रगतसंचार नभएको भाग खराब हुदै गएको छ ।

-डा. रघुनाथ (ओसिस) धिताल
बिशेष बैज्ञानिक -ग्रीन शुस्म उत्प्रेरक अनुशन्धान केन्द्र, रिकेन-जापान

तपाईको प्रतिक्रिया