शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न मुख्य योजनाकारसहित ९ जनालाई पुर्पक्षका लागी जेल चलान गरिएको छ ।

हत्यामा संलग्न मुख्य योजनाकार एवं गुण्डा नाईके समिरमान सिंह बस्नेत सहित ९ जनालाई नौ दिन लामो थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो ।

जिल्ला न्यायाधीश बावुकाजी बानियाँको एकल ईजलाशको फैसलाले बस्नेत सहित राजिव स्याङतान, शिवजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ, प्रकाश बुढाथोकी, बसन्त थेवे र धनराज योङहाङलाई पुर्पक्षका लागी थुनामा पठाइएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता कृष्ण नेपालले जानकारी दिनुभयो ।

गौचन हत्यामा संलग्न अन्य दुईजना भने धरौटीमा छुटेका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले हत्यामा संलग्न रहेका फरार अभियुक्त श्याम गुम्बेलाई सोमबार राती चितवनबाट नियन्त्रणमा लिएको थियो ।

तपाईको प्रतिक्रिया