शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – नेकपा एमालेका नेता एवम् नेपाल-भारत प्रबुद्ध समूह (ईपिजी)का नेपाल समूहका सदस्य राजन भट्टराईले नेपाल-भारत सम्बन्ध अब २१ औं शताब्दी अनुसार नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आज राजधानीमा आयोजित ६९ औं भारतीय गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध आगामी दिनमा द्विपक्षीय संभावना र चुनौतीहरू’ नामक विशेष साक्षात्कारमा बोल्दै नेता भट्टराईले द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थप्नेगरि अहिले सघन छलफल भैरहेको स्पष्ट पार्नुभएको हो ।

साक्षात्कारमा भट्टराईले नेपालको विदेश नीति आफ्नो राष्ट्रिय हित अनुकूल नै अघि बढ्ने भएकोले आगामी दिनमा पनि यही अडानका साथ छिमेकी मुलुकहरूसँग पारस्परिक सम्बन्ध राखिने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो दुवै छिमेकी मित्र राष्ट्रहरूसँग गहिरो र फराकिलो सम्बन्ध छ, कसैसँग हामीले वैरभाव राख्नुहुँदैन, र राख्न आवश्यक पनि छैन।’

नेपाल-भारत सम्बन्ध सबै हिसाबले गहिरो र प्रगाढ भएको उल्लेख गर्दै नेता भट्टराईले भन्नुभयो, ‘नेपाल-भारत सम्बन्ध सबै हिसाबले सुमधुर छ, र यो निरन्तरता पनि हो, आगामी दिनमा अझै फराकिलो र गहिरो बनाएर जानुपर्छ, अहिले त्यो दिशामा हामी अघि बढिरहेका छौं ।’ उहाँले नेपालको विदेश नीति कुनै छिमेकी देशको विपक्षमा नहुने समेत स्पष्ट पार्नुभएको छ ।

तपाईको प्रतिक्रिया