शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – एमाले निकट कर्मचारीहरुले सरकारले पठाएको जुन सुकै स्थानमा जान तयार रहेको घोषणा गरेका छन् । तर, प्रदेश वा स्थानीय तहमा पठाउँदा एक तह बढुवा हुनु पर्ने माग अघि सारेका छन् ।

सरकारले प्रदेश र स्थानीय तहहरुमा आवश्यकता अनुसार कर्मचारी पठाउन सकेको छैन । कर्मचारी समायोजन तथा व्यवस्थापन ऐनमा स्वच्छिक अवकास वा खटाएको ठाउँमा जाने दुई विकल्प अघि सारिएको छ । तर पनि शेरबहादुर देउवा सरकारले प्रदेश र स्थानीय तहमा सरकार पठाउन सकेको छैन । अब कर्मचारी खटनपटकको जिम्मा नयाँ सरकारतिर सर्ने देखिएको छ र नयाँ सरकारको नेतृत्व एमालेले गर्ने पक्का छ ।

नयाँ सरकारलाई सघाउने योजनासहित एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले सरकारले खटाएको ठाउँँमा जान तयार रहेको घोषणा गरेको छ । विधि र मापदण्ड पुर्‍याएर समायोजन गरिए संघका पदाधिकारी र सदस्य जुनसुकै तह र स्थानमा जान तयार रहेको अध्यक्ष केदार देवकोटाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया