शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं –  चिलीका फुटबल खेलाडी अलेक्सीस सान्चेज इङ्गलिस प्रिमियर क्लब आर्सनल छोडी म्यान्चेस्टर युनाईटेड प्रवेश गरेका छन् ।

यसैगरी म्यान्चेस्टर युनाइटेडका अर्मेनियन मिडफिल्डर हेनरिक मख्तरीयान आर्सनल पुगेका छन् । सम्भवतः जनवरी ट्रान्सफर विन्डोको सबैभन्दा चर्चित ट्रान्सफरको रुपमा इङ्लिस फुटबलका दुई ठूला क्लबहरु आर्सनल र म्यान्चेस्टर युनाईटेडले खेलाडी सट्टापट्टा गरेका हुन् ।

दुवै क्लबले आफ्ना पूर्व खेलाडीलाई धन्यवाद दिँदै नयाँ खेलाडीलाई क्लबमा स्वागत गरेका छन् । आर्सनलसँगको करार अवधि सकिन लागेका बेला म्यानचेस्टर युनाइटेडले सुरुदेखि नै सान्चेजलाई भित्र्याउन खोजेको थियो ।

आर्सनलले भने यसका लागि म्यान्चेस्टर युनाईटेडका मख्तरीयान आफूले पाउनुपर्ने माग गरेको थियो । खेलाडी सट्टापट्टा तथा खेलाडीसँग अनुबन्धन सहमती भएपछि दुवै क्लबले एकै समयमा यसको घोषणा गरेका हुन् ।

सान्चेजले म्यानचेस्टर युनाइटेडमा ७ नम्बरको जर्सी लगाउने छन् भने आर्सनलमा मख्तरीयानको जर्सी नम्बरको टुंगो लाग्न बाँकी छ । सान्चेज म्यानचेस्टर युनाइटेडबाट खेल्ने चिलीका पहिलो खेलाडी हुन् ।

तपाईको प्रतिक्रिया