शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं–अवकाश प्राप्त एक आर्मीको कथामा निर्माण भएको फिल्म शेर बहादुरको पोष्टर सार्वजनिक गरिएको छ । निडर, सन्की र बलियो पात्र शेर बहादुर फिल्मको मुख्य पात्र हो । शेर बहादुरको चरित्र सहित अन्य कलाकार समावेश पोष्टर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको हो । शेर बहादुर आफ्नो लक्ष्य प्राप्तिका लागि केही योजना बनाउँछन् । त्यहि योजना भित्र रुमलिएका अन्य पात्रसंगको अवस्था फिल्मको पोष्टरले चित्रण गरेको छ ।
फिल्मको मुख्य पात्र बरिष्ठ कलाकार सुनिल थापा, कर्मा, रविन्द्र झा, मेनुका प्रधान पोष्टरमा अटिएका छन् । ३ साईजको पोष्टरमा फरक फरक सस्पेनमा प्रस्तुत भएका छन् ।
एक्सन, रोमान्स, ड्रामा समाबेश फिल्मप्रति निर्माण पक्ष अपेक्षित छन् । फिल्म आउँदो माघ १९ बाट देशैभर प्रदर्शन हुदैछ । फिल्मका निर्देशक आर राजवंशी हुन् भने निर्माताका रुपमा बरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन् । गौरीशंकर धुजु नेपाली फिल्म क्षेत्रमा ४० बर्षदेखी अनवरत रुपमा लाग्दै आईरहेका छन् । फिल्ममा कोशिस क्षेत्रीको संगीत, बसन्त श्रेष्ठको नृत्य, दिर्घ गुरुङ र नारायण जिसीको छायांकन तथा निमेश श्रेष्ठको सम्पादन रहेको छ । फिल्मलाई प्रमोढ क्षेत्रीले लेखेका हुन् ।

तपाईको प्रतिक्रिया