शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं –  अफगानिस्तानको काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमा सुरक्षाकर्मी र बन्दुकधारीबीच भिडन्त हुँदा दुई जना बन्दुकधारी मारिएका छन् ।

होटलमा प्रवेश गरेका बन्दुकधारीले आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीको कारबाहीमा उनीहरुको मृत्यु भएको हो । घटनामा पाँच जना घाइते भएका छन् । होटलमा प्रवेश गरेका ती बन्दुकधारीले पाहुनामाथि अन्धाधुन्ध गोली प्रहार गर्दा भिडन्त भएको हो ।

घटनापछि होटल खाली गराइएको छ भने होटल वरिपरिको सुरक्षा ब्यबस्था कडा बनाइएको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन । सोही होटलमा सन् २०११ मा तालीवानी बिद्रोहीले आक्रमण गरी २१ जना पर्यटकको ज्यान लिएका थिए ।

तपाईको प्रतिक्रिया