शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

वीरगञ्ज – नेपाल-भारत सीमामा ५० विगाहा जमिन भारतीय पक्षले मिचेको भनि सबै तिर अन्दोलन हुन थालेपछि नापी विभागको एक टोली वीरगञ्ज पुगेको छ ।

सीमाको सत्य-तथ्य बुझ्न नापी विभागका निर्देशक अनिल मरासिनी नेतृत्वको टोली वीरगञ्ज पुगेको हो । नेपाल र भारतबीच उच्च स्तरीय सहमतिबाट सीमा क्षेत्रमा हराएका र क्षतिग्रस्त पिल्लर निर्माण र मर्मतको क्रम चलिरहेको छ । नेपालतर्फ सर्वे विभागको टोलीले काम गरिरहेको छ भने भारतमा एसएसबीले निर्माणको जिम्मा पाएको छ ।

मुख्य पिलर नम्बर ३९१ र ३९२ रहेको उक्त क्षेत्रमा ३९२ नम्बर मुख्य पिलरको सहायक पिलर निर्माणको क्रममा नेपाली नम्बरी, ऐलानी र पर्ती जग्गा भारततर्फ परेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार पिलर नम्बर ३९२ को ६, ७ र ८ तथा २६ देखि २९ नम्बरको सहायक पिलर निर्माणको क्रममा खेलकुद मैदानसहित नेपालको भाग भारतमा पर्न गएको छ ।

तपाईको प्रतिक्रिया