शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडाैं – काठमाडौं एमालेले राष्ट्रिय सभा निर्वाचन तोकेको समयमै सम्पन्न गर्न सरकार र निर्वाचन आयोगको ध्यानकर्षण गराएको छ ।

आज एमाले पार्टी कार्यलय धुम्बाराहीमा कार्यवहाक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा बसेको स्थायी कमिटि बैठकले निर्वाचन गराउन भईरहेको ढिलाईप्रति गम्भिर चिन्ता व्यक्त गर्दै त्यसअघि प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सरकारको ध्यानकर्षण गराएको हो । बैठकपछि एमाले सचिव योगेश भटट्राइले प्रदेश प्रमुख र अस्थायी तोक्न भईरहेको ढिलाईले राष्ट्रिय सभा निर्वाचन प्रभावित हुन खोजेकाले अन्यौल बढेकाले तोकेकै मितिमा निर्वाचन गर्न निर्वाचन आयोग र सरकारको ध्यानकर्षण गराउने निर्णय भएको बताउनुभयो ।

बैठकले कामचलाउ भइसकेको सरकारले रकमान्तरप्रति विरोध जनाउदै तत्काल त्यस्तो काम बन्द गर्न सरकारलाई सुझाव दिएको छ । त्यस्तै बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि माघ ५ भित्र उम्मेदवार चयन गर्दा विशेष महलिा, जनजाती, समाबेशीतालाई ध्यान दिन मातहतका कमिटिलाई निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया