शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौँ – इन्डोनेसियन प्रहरीको इन्काउन्टरमा एकजना नेपाली मारिएका छन् । लागू औषध तस्करीमा संलग्न भएको अभियोग लागेका ती नेपाली युवा जाकर्ता मेट्रो पुलिसको इन्काउन्टरमा गत शुक्रबार मारिएका हुन् ।

मलेसियाको बाटो हुँदै लागू औषधसहित जाकर्ता पुगेका ३४ वर्षीय नेपाली युवा शरणकुमार तामाङ प्रहरी कारबाहीमा मारिएका हन् । तर, उनको नेपालस्थित ठेगाना भने खुलाइएको छैन । सेन्ट्रल जाकर्ता मेट्रो पुलिस प्रमुख वरिष्ठ कमश्निर रोमान हुताज्लुका अनुसार मलेसियाबाट लागूऔषधसहित ती युवा जाकर्ता आएको सूचना मिलेपछि गरिएको कारबाहीमा उनी मारिएका हुन् ।

लागूऔषधसहित पुगेका ती नेपाली युवा मध्यजाकर्तास्थित अलपाइन होटेलमा बसेका थिए । उनीसँगै रहेका जालान गुनुङ र सवाह बेसार भने भाग्न सफल भएको प्रहरीको दाबी छ । लागूऔषध किन्ने र बेच्नेबीचको फोन सम्बाद ट्याप गरेको पुलिसले होटेलमा आफैँ ग्राहक बनेर पुगेपछि त्यो कारबाही गरेको बताइएको छ। यो अन्डर कभर अप्रेशनका क्रममा ५० ग्राम लागू औषध मेथ बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया