शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

आफूलाई परदेशी गायकका रुपमा परिचित गराउदै नेपाली सांगेतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सूर्य खड्काले एकपछि अर्को सांगेतिक कोसेली प्रस्तुत गर्ने क्रममा मौलिक पञ्चेबाजाको एल्बम पोखरामा फेवा लिएर दर्शक श्रोतामाझ आएका छन् ।
शब्द रचनामा बेग्लै छवि बनाएका शिव अखेली र इश्वर कडेंलले शब्द संकलन रहेका यस एल्बमा लय संकलन भने गायक खड्काकै रहेको छ ।
गायिकाको रुपमा सुमधुर स्वर भएकी देवि घर्तीले खड्कालाई साथ दिएकी छन् । कमलाई मात्र जानकारी भएको बागलुङको रुद्र ताल,सुर्खेतको बुलबुल ताल अनि चर्चित फेवा ताललाई समेटेर प्रेमिल शब्दहरुद्धारा एल्बमलाई सुसज्जित पारिएको छ ।
गायक गायिकाले एकअर्कालाई मायामा पार्नका लागि निकै प्रयासरत रहदै मायाजाल बुन्न पाएमा खड्काको सेवा गर्न आफु आतुर रहेको गायिका घर्तीले भनिरहदाँ गायक खड्का पनि के कम र उनले पनि जीवन भरि सुखी राख्ने कर्तव्य आफ्नो भएकाले छिट्टै विवाह बन्धनमा बाँधिनका लागि अनुनय गरेका छन् ।
गायक सूर्य खड्काकै प्रस्तुतिमा रहेको यस एल्बमलाई हालसम्म प्रकाशित भएका मध्ये निकै मेहनत गरि बनाएकाले सफलताको आशापनि धेरै नै रहेको उनले बताए ।
आफ्नै आधिकारिक सूर्य खड्का युटुब च्यानलमार्फत प्रकाशमा ल्याइएको सो एल्बमलाई दर्शकमाझ चर्चित बनाउनका लागि विनोद भण्डारी र आरोसी मगरले उत्कृष्ट अभिनय गरेका छन् । गीतको निर्देशन भने कुमार केसीले गरेका छन् । एल्बमको बजार व्यवस्थापन गुँरास मुभिज प्रालिले गरेको छ । भिडियोमा हेर्नुहोस

तपाईको प्रतिक्रिया