शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – मधुमेहका प्रकार

  • इन्सुलिन बनाउने कोषमा खराबी भए वा नष्ट भएको अवस्थामा शरीरमा इन्सुलिनको कमी हुन जान्छ र ग्लुकोजको मात्रा बढ्छ । यस्तो प्रकृतिको रोग विशेषगरी ३० वर्षभन्दा कम उमेरका मानिसमा देखिन्छ ।

मधुमेह लाग्ने अर्को तरिका भनेको इन्सुलिनको कमीले शरीरमा भएको ग्लुकोज नष्ट गर्ने प्रक्रियामा कमी आउँछ र मानिसमा मधुमेह लाग्छ । विशेषगरी ४० वर्षभन्दा बढी उमेर समूहका मानिसलाई यस्तो रोग लाग्ने गर्छ ।

यसकारण लाग्छ मधुमेह

  • कतिपयलाई वंशाणुगत गुणका कारण मधुमेह लाग्न सक्छ । शारीरिक क्रियाकलाप कम गर्ने मानिसमा पनि मधुमेहको सम्भावना अत्यधिक हुन्छ ।
  • भाइरल संक्रमण, वंशाणुगत रोगका कारण पनि धेरै मानिस मधुमेहबाट ग्रसित छन् ।
  • रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई मधुमेहले छिटो आक्रमण गर्न सक्छ । अस्वस्थकर खानाका कारण पनि मधुमेह लाग्ने गर्छ ।

मधुमेहले यस्तो बनाउँछ

  • मधुमेह लाग्ने मानिसमा बढी तिर्खा, पिसाब, भोक लाग्ने हुन्छ । यसका साथै मुख सुक्खा हुने, थकाइ लाग्ने, अत्यधिक खाना खाँदा पनि पातलो हुने समस्या हुन्छ । कतिपयलाई कुनै रोग पनि छिटो निको नहुने, हिँड्न नसक्ने, खुट्टा झमझमाउनेलगायतका समस्या देखिन्छ ।
  • मधुमेहलाई समयमै नियन्त्रण गर्न सकिएन भने स्वास्थ्यमा गम्भीर असर पनि देखिन थाल्छ । मधुमेहकै कारण मस्तिष्कघात हुने, पिसाब रोकिने, सामान्य दिसा नहुनेलगायतका समस्या पनि देखिन सक्छ ।
  • मधुमेहकै कारण मोतीबिन्दु पनि हुन सक्छ । त्यस्तै मधुमेहले हृदयाघात, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग पनि लाग्न सक्छ ।
  • मधुमेहकै कारण छाला फुस्रो हुने, संक्रमण बढ्ने, खटिरा, दाग देखिन समस्या हुन्छ । यसले जोर्नीमा समेत असर पु¥याउँछ ।

यसरी बच्न सकिन्छ
रगतको जाँचपछि शरीरमा मधुमेहको मात्रा थाहा हुन्छ । त्यसपछि चिकित्सकको सल्लाहअनुसार नियमित रूपमा औषधि प्रयोग गर्न आवश्यक हुन्छ ।

  • अव्यवस्थित रहनसहनलाई परिवर्तन गर्दा पनि मधुमेहबाट बच्न सकिन्छ । नितान्त औषधिले मात्र मधुमेह नियन्त्रण गर्न सम्भव नहुन पनि सक्छ ।
  • नियमित रगतमा ग्लुकोजको मात्रा र पिसाब जाँच गराउनुपर्छ । मधुमेहबाट बच्न नियमित शारीरिक व्यायाम अपरिहार्य छ ।
  • खानामा पनि विशेष ध्यान राख्न जरुरी हुन्छ, जस्तै : भातको प्रयोग घटाउने, रोटी–तरकारीको प्रयोग बढाउने, बोसोयुक्त रातो मासु नखाने, रेसादार खाद्यपदार्थको सेवन बढाउने गर्नुपर्छ ।
    शरीरमा उत्पादन हुने इन्जाइम (रस) इन्सुलिनको कमीले मानिसलाई मधुमेह लाग्छ । अव्यवस्थित जीवनशैली र खानपान मधुमेह रोगको कारण हो । मधुमेहलाई नेपालीमा चिनीरोग पनि भन्ने गरिन्छ । यो रोग लागेपछि पूर्णतया निर्मूल पार्न निकै गाह्रो पर्छ ।
तपाईको प्रतिक्रिया