शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024


एउटा बास्तविक कथामा आधारीत भएको गीत भर्खर मात्र सार्वजनिक भएको छ । काठमाण्डौको धुलो । मुग्लीनको धुलो गीतको अपार सफलता पछि त्यहि युनिटले यो गीत बनाएको हो जुन गीत बास्तबमै उत्कृष्ट छ ।

शिव अखेलीले लेखेको यो गीत समसामयीक र सबैले टिप्न सक्ने शव्दको छनौट बाट गीत तयार पारेका छन । यसो त शिव टिपिकल शव्दहरु संयोजन गरेर गीत लेख्न माहिर मानिन्छन भने उनका सिर्जना पनि त्यहि अनुरुपका भएको प्रष्टै हुन्छ ।

मुग्लीनको धुलोमा झै गायक/गायीका विनोद र सम्झनाले यो गीतमा पनि उत्कृष्ट आवाज दिएका छन । आवाजमा कतै खोट लगाउने ठाउ छैन भने उनीहरुले गीतको लागी मेहनत गरेको समेत प्रष्ट हुन्छ गीत राम्रो बन्नु मा गायकी पन पनि राम्रो हुनु हो ।

गीतको लय नरेश खातीले बनाएका हुन भने लय समेत सबैले सजिलै टिप्न सक्ने बनाएका छन । यस अर्थमा पनि गीतले राम्रो सफलता पाउनेमा हामी आशावादी हुन सक्छौं ।

प्रकाश भट्ट र उनको टिमले निकैनै उत्कृष्ट म्युजिक भिडियो बनाएका छन । म्युजिक भिडियोमा पछिल्लो समयका चर्चित नाम सरापे र विम्लीले उत्कृष्ट अभिनय गरेका छन । राम्रो निर्देशन र उत्कृष्ट अभिनयले गीतलाई अझ उत्कृष्ट बनाएको छ ।
समग्रमा भन्नु पर्दा गीतको सम्पुण पक्ष उत्कृष्ट छ । त्यति मात्र होइन हाम्रा नेताहरुलाई गीतले केहि सिकाउन खोजेको छ । जनताले पाएको सास्ती र दुखलाई गीतले प्रस्तुत गर्न खोजेको छ पक्कै पनि यस्ता गीत सफल बन्नु पर्छ र बन्ने छ भन्ने हाम्रो कामना छ ।
गीतको पुरै म्युजिक भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया