शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

कहि नभएको जात्रा हाडी गाउँ भने झै भएको छ अहिले हाम्रो देशको राजनीति । मुलुकमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएर समानुपातिक तहको समेत नतिजा आइसक्दा पनि नयाँ सरकार कहिले बन्ने भन्नेबारे राजनीति सहमति हुन सकेको छैन । यही सहमतिलाई बाहना बनाउदै अहिले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सजिलोसँग सरकार छोड्ने पक्षमा देखिदैन ।
निर्वाचनमा बामपन्थी गठबन्धनले बहुमत ल्याएपछि काङ्ग्रेसका सभापति देउवाले सहजै नयाँ सरकार गठनको लागि बाताबरण बनाइदिनु पर्ने हो, अहिले राष्ट्रपति समक्ष पुगेको राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेश राजनीति विवादकोे सहमति हुन नसक्दा त्यसै अलपत्र पर्न गएको छ ।राष्ट्रपति बिद्यादेबी भण्डारीले प्रमुख दलका नेतालाई भेटेर सहमति गर्न अनुरोध गरेपनि अहिले काङ्ग्रेस अहिले मन्त्री परिषद्बाट पठाएको एकल संक्रमणकालीन व्यस्वथा सहितकोे अध्यादेश सरासर पारित गर्न दबाब दिई रहेको छ भने एमाले र माओबादी केन्द्रले राष्ट्रियसभा सम्बन्धी अध्यादेश फिर्ता गरेर बहुमतीय प्रणाली अनुसार बनाउने अडान कायम राखेका छन । अहिले सरकार बनाउने प्रतिनिधि सभामा निर्वाचित र समानुपातिकबाट आएको मतको आधारमा नयाँ सरकार बनाउने संबिधानमा ब्यबस्था गरिएको छ । तर एकातिर आँधी अर्कातिर झोलुङो भनेझै अहिले प्रतिनिधिसभाको कुरालाई रोकेर राष्ट्रिय सभासंग जोडेर हेर्न थालिएको छ । अहिले झट्ट हेर्दाखेरि सजिलोसँग नयाँ सरकार बन्ने लक्षण देखिदैन ।
हुन त नेपाली काङ्ग्रेसले आफुलाई प्रजातान्त्रिक भएको दाबी गर्छ । तर त्यो संस्कार र संस्कृतिको चरित्र नेपाली काङ्ग्रेससंग देखिएन । आफु प्रजातान्त्रिक हो भनेर बाहिर भाषण गर्ने र साच्चिकै ब्यबहारमा प्रजातान्त्रिक हुने अलग अलग कुरा हो

राजेशचन्द्र राजभण्डारी बागलुङ

अहिले मुलुकमा नयाँ संबिधान अनुसार सङ्घीयताको लागि निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ अहिले बामपन्थी गठबन्धनको पक्षमा जनादेश पाइसकेको अबस्थामा काङ्ग्रेसले राष्ट्रियसभाको हलो राष्ट्रपति कहाँ अड्काएर केही दिन भएपनि सरकारमा बस्ने कसरत गरिरहेको देखिन्छ ।अहिले दिनहुँजसो काङ्ग्रेस एमाले माओबादी मधेसबादी दलबिच छलफल र बार्ता भएपनि सबै सबैले आफ्नो अडानमा बसेको कारणले राजनीति निकासमा जतिलता आएको छ । साच्चै अहिलेसम्म पनि किन निकास निस्केन त भनेर बाहिर चर्चा परिचर्चा भैरहेको छ । अहिले बामपन्थी गठबन्धनले बहुमत ल्याएपछि छिमेकी मुलुक भारतको चासो पनि ह्वात्तै बढेको छ । भारतीय राजदूत मन्जेश पुरी स्वयं बामपन्थी गठबन्धनका प्रमुख नेता प्रचण्डलाई भेटेर काङ्ग्रेससंग गठबन्धन गरेर सरकार चलाउन दबाब दिएको कुरा सार्वजनिक भएको कारणले पनि अहिले पनि हाम्रो देशको मामिलामा छिमेकी सद्भाव हैन कि राजनीति हस्तक्षेप नै कायम छ भन्ने कुरा स्पष्ट भएको छ ।
हामीले जसरी राजनीतिलाई सरल रूपमा हेरिरहेका छौ । त्यो रूपमा अबश्य पनि छैन, साच्चै अहिले पनि छिमेकी भारतको दबाब प्रभाव कायमै छ । बामपन्थी गठबन्धनबाट नेपाल कै राष्ट्रबादी नेता भनेर परिचित हुन चाहने केपी शर्मा ओलि नेपालको प्रधानमन्त्री हुने लगभग पक्कापक्की भएपछि जसरी हुन्छ बामपन्थी गठबन्धन भत्काउन देशी बिदेशी सबै शक्तिकेन्द्र लागि परेका छन् । नेपाली पुरानो उखान झै झिंगाको श्रापले डिंगा मर्दैन भने झै अब बामपन्थी गठबन्धन भत्काउने अनि देशमा पुरानै पाराको मिलिजुली सरकार बनाउने जुन कसरत गरिरहेका छन, यो डेट सकिएको औषधी हो अब यसको प्रयोगको कुनै काम छैन । साच्चै यसपटकको निर्वाचनमा बामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनबिच प्रतिस्पर्धा भयो । जसलाई बामपन्थी गठबन्धनले जनताको म्यान्डेट पायो । त्यसकारण पनि मुलुकमा ५ बर्षसम्म स्थायी सरकार बनाउन जरुरी छ ।
सधै सधैं अस्थिर राजनीति चलाउने अनि भए जतिकालाई मन्त्री बनाउने जुन चलन चल्यो । त्यसले देश र जनताका लागि केहीपनि फाइदा गरेन मात्रै सिमित नेता तथा मौकामा चौका हान्नेलाई मात्रै फाइदा गर्यो भन्ने कुरा सारा दुनियाँलाई थाहा छ । अहिले राष्ट्रपति भण्डारीले सहमति खोज्न राजनीतिदललाई भनिरहेका छन तर यसलाई काङ्ग्रेसले राष्ट्रपतिलाई सरकारले पठाएको बिधेक रोक्ने कुनै अधिकार नभएको सरासर लालमोहर लगाउनुपर्छ भन्ने तर्क पेश गरिरहेका छन । एमाले र माओबादीले भने अहिले सरकारले लगेको बिधेक फिर्ता गरेर नयाँ बिधेयक लैजानु पर्ने मत राखिरहेको कारणले पनि समस्याको समाधान भन्दापनि झन् जतिल बन्दै गैरहेको छ । यसबाट के कुरा बुझ्न सकिन्छ भने देशमा सजिलोसँग नयाँ सरकार बन्ने छाँटकाँट देखिदैन ।
निर्वाचन आयोगले आफ्नो काम सकिसकेको छ । अहिले निर्वाचन राम्रोसँग सम्पन्न गरेको देउवा सरकारले सहजरूपमा नयाँ सरकार गठन गर्नका लागि निकास खोल्नु बुद्धिमानी हुनेछ । प्रतिनिधिसभाको कुरालाई अहिले राष्ट्रियसभासंग जोडेर मोलमोलाई गर्न हुदैन ।
राजनीतिमा इमान्दारिता नभएको कारणले गर्दा आज जनताको बिश्वास कम हुदै गएको हो । राष्ट्रपतिलाई बिबादास्पद बनाउन खोज्ने शक्तिले हिजोका दिनमा सरकारले गरेको महत्वपूर्ण निर्णय समेत उल्टाउने काम गरेको थियो । राजनीति हलो राष्ट्रिय सभामा गएर अल्झिएको छ । राष्ट्रपति कहाँ गएर रोकिएको छ । ताजा जनादेश अनुसार बामपन्थी गठबन्धनलाई सरकार बनाउने बाताबरण बनाउने काम गर्नु नै बुद्धिमानी हुनेछ । सरूवा बढुवा, राजनीति नियुक्ति गरेर गाईजात्रा देखाउने बेला हैन अहिले देउवा सरकारसंग थोरैमात्रै नैतिकता बाँकी छ भने सहजै सरकार छोड्नु बुद्धिमानी हुनेछ ।

तपाईको प्रतिक्रिया