शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठन र पार्टी एकता सँगसँगै गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको सचिवालय बैठकले सरकार गठन र पार्टी एकता एकसाथ गर्ने निर्णय गरेको हो ।

वामपन्थीबीच एकता गर्नेगरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धन गरेर जाँदा मतदाताले त्यसलाई अनुमोदन गरेको बैठकको निष्कर्ष थियो ।  निर्वाचनमा जनमत पार्टी एकता गर्ने लाइनमा आएको भन्दै सरकार र पार्टी एकता एकसाथ गर्ने निर्णय भएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । भुसालका अनुसार, सरकार र पार्टी एकता सँगसँगै टुंग्याउँदै त्यसपछि जिम्मेवारी बाँडफाँट गर्ने निर्णय भएको छ ।

बैठकमा माओवादी नेताहरुले भने सरकार गठन अगाडि नै पार्टी एकता टुंग्याउन जोड दिएका थिए । साथै बैठकले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोग र सरकारलाई धन्यवाद दिएको पनि दिएको थियो । यस्तै, राष्ट्रिय सभा गठन सम्बन्धी विवाद राजनीतिक विवाद भएको भन्दै यसलाई यसलाई राजनीतिक तहबाटै छलफल गरेरर समाधान गर्नुपर्ने माओवादीले जनाएको छ । चुनावी समीक्षा, नयाँ सरकार गठन र पार्टी एकताबारे छलफल गर्न माओवादीले आज सचिवालय बैठक बोलाएको थियो ।

तपाईको प्रतिक्रिया