शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – बंगलादेशमा आजबाट सुरु भएको साफ यू-१५ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बंगलादेशसँग ६-० ले पराजित भएको छ ।

च्याम्पियन बन्ने लक्ष्यका साथ बंगलादेश पुगेपनि नेपालले पहिलो खेलमै घरेलु टोलीसँग फराकिलो हार बेहवर्दै प्रतियोगिताको सुरुवात गरेको छ । बंगलादेशको लागि तोहुरा खातुन एक्लैले ४ गोल गरिन् । नेपालका मनमाया बिकको आत्मघाती गोलबाट पहिले अग्रता लिएको बंगलादेशले पहिलो हाफमै ४ गोलको अग्रता लिएको थियो ।

दोस्रो हाफमा नेपालले खेलमा सुधार गरेपनि बंगलादेशको काउन्टरलाई रोक्न नसक्दा थप दुई खान बाध्य भयो । आजै भएको पहिलो खेलमा भारतले भुटानलाई ३-० गोल अन्तरले पराजित गरेको छ ।

राउन्ड रोविनको आधारमा सञ्चालन भएको प्रतियोगितामा बंगलादेश, नेपाल, भारत र भुटानले प्रतिस्पर्धा गर्नेछन् । नेपालले अब दोस्रो खेलमा मंगलबार भारतसँग खेल्नेछ । लिगको शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल हुनेछ ।

तपाईको प्रतिक्रिया