शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो–जापानी बुलेट ट्रेन ‘सिन्कान्सेन’ आफ्नो लिकबाट बाहिर आउँदा दुर्घटना हुनबाट जोगिएको यातायात मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
गत सोमबार जापानको मध्य क्षेत्र नागोयाको स्टेशन नजिकै केहि जलेको गन्ध र अनौठो आवाज आएपछि ट्रेनको निरिक्षण गर्दा मुख्य भागको चेसिस चर्किएको र तेल चुहिएको फेला परेको अधिकारीहरुले बताएको जापानी संञ्चारमाध्यम एनएचकेको समाचारमा उल्लेख छ ।
ट्रेनको प्राविधिक प्रणाली असरका कारण करिब १० सेन्टिमिटर चेसिस चर्किएको र तेल चुहिएकोले मात्र दुर्घटना हुनबाट जोगिएको बताइएको छ । सिन्कान्सेनमा यस प्रकारको समस्या पहिलो पटक आएको हो ।
ट्रेनमा समस्या आएको बुझिएपछि ट्रेनमा सवार यात्रुहरुलाई अर्को ट्रेनको व्यवस्था गरि सुरक्षितपूर्वक गन्तव्यमा पठाइएको थियो ।

तपाईको प्रतिक्रिया