शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

सर्लाही  – सर्लाहीको धनकौल गाउँपालिका–१ सेखौनामा चुनावी परिणामको विषयलाई लिएर कांगे्रस र वाम गठबन्धनका कार्यकर्ताबिच झडप भएको छ ।

मंगलबार भएको झडपमा स्थानीय सप्तलाल महतो र जयलाल महतो सामान्य घाइते भएका छन् । चुनावमा भएको हारजितका विषयमा दुई पक्षका व्यक्तिबिच विवाद भई झडप भएको ईलाका प्रहरी कार्यालय हरकठवाले जनाएको छ ।

घटना स्थलमा प्रहरी पुगेर ४ राउण्ड हवाइ फायर गरेको सर्लाहीका प्रहरी प्रमुख एसपी मसउद आलम खाँले बताउनुभयो । सर्लाही क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका डा. अमरेशकुमार सिंह विजयी हुनु भएको थियो ।

वाम गठवन्धनका उम्मेदवार शिवपुजन रायले पहिलो संविधानसभामा सदस्य रहँदा कुटनीतिक राहदानी दुरुपयोग गरेको भन्दै उम्मेदवारी नै खारेज भएको थियो ।

तपाईको प्रतिक्रिया