शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रहरुमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनासमेत तीब्र रुपमा अघि बढाएको छ ।

आयोगले अहिलेसम्म गरेको मतगणनामा समानुपातिकतर्फ पनि नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

एमालेले १८ लाख २८ हजार १ सय १४ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४२ हजार ५ सय ३३ मत प्राप्त गरेको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले ७ लाख २० हजार कटाएको छ भने संघीय समाजवादी फोरमले २ लाख २२ हजार कटाएको छ ।

राजपाले १ लाख ६४ हजार, राप्रपाले १ लाख १९ हजार, विवेकशील साझा पार्टीले १ लाख १४ हजार, नयाँ शक्ति पार्टीले ५४ हजार, राप्रपा प्रजातान्त्रिकले ४० हजार, राष्ट्रिय जनमोर्चा ३४ हजार बढी मत पाएका छन् ।

अरु दलले १ लाख ७३ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया