शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

दाङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि सरकार गठन गरेर पार्टी एकीकरण हुने बताउनु भएको छ । नेपाल पत्रकार महासंघ दाङले बिहिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले चुनावमा वाम गठबन्धनको पक्षमा स्पष्ट मत आउने भन्दै सरकार गठन पहिले गर्ने बताउनुभयो ।

दाङलाई ५ नम्बर प्रदेशको राजधानीको विषयमा सोधिएको प्रश्नको जवाफमा एमाले अध्यक्ष ओलिले भन्नुभयो ‘जहाँ गयो त्यही राजधानी भनेर हिँड्ने म होइन्, दाङलाई राजधानी बनाउने विषयमा नकारात्मक छैन, सकारात्मक नै छु, मैले भन्ने कुरा निर्णय जस्तै हुन्छ, पार्टीको अध्यक्ष भएको हिसावले म निर्णय गर्ने ठाउँमा छु, उपयुक्त निर्णय गर्छु, दाङप्रति पहिलेदेखि नै नजिक छु, मायाँ पनि गर्छु’ ।

त्यसै गरेर पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले ५ नम्बर प्रदेशको मुख्यमन्त्रिका बारेमा धेरै टिका टिप्पणि आवश्यक नरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘म जिम्मेवारी पार्टीको अध्यक्ष भएको नाताले बोलिसकेको कुरा फेरिफेरी बोलिरहनुपर्छ र रु तपाइहरुले देखिरहनु भएको छ, नागरिकलाई थाहा भइसकेको कुरा हो ।’

पत्रकार सम्मेलनमा यसो भनिरहदा आफ्नो नजिकै बसेका एमाले स्थायी समिति सदस्य शंकर पोख्रेलतर्फ इङ्गित गर्दै अध्यक्ष ओलीले भन्नुभयो ‘मैले यसअघि जे बोलेको छु, तपाइहरुले जे लेख्नु भएको छ, जे बोल्नु भएको छ, त्यही हो ।’
फरक प्रसंगमा अध्यक्ष ओलीले दुई ठूला पार्टीले पार्टी एकीकरण प्रयास स्वरुप चुनावी तालमेल गरेको भन्दै पार्टी एकीकरणमा शंका नगर्न आग्रह गर्नुभयो ।

चुनावी तालमेलपछि पार्टी एकीकरणको प्रयास नभएको स्पष्ट पार्दै अध्यक्ष ओलीले सरकारको नेतृत्व कसले गर्ने भन्ने बारे केही बोलेनन् । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले प्रदेशका राजधानी र मुख्य मन्त्रीका विषयमा भने आफू निर्णय गर्ने स्थानमा भएकाले अहिले नै मुख खोल्न आवश्यक नरहेको औल्याउनुभयो ।

पत्रकार सम्मलेनमा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व गरिरहेका नेत्र विक्रम चन्द विप्लवलाई राजनीतिक लडाई सकिएको भन्दै आर्थिक समृद्धिका लागि चुनाव भइरहेको र चुनावलाई लक्षित गरेर विरोधका कार्यक्रम नगर्न आग्रह समेत गर्नुभयो । संविधान मार्फत् नागरिकका अधिकार सुनिश्चित भएको भन्दै अध्यक्ष ओली चुनाव विरोधी कार्य गरेर नागरिकका अधिकार नखोस्न आग्रह गर्नुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले नेपाली काग्रेसले केही स्थानमा विप्लव नेतृत्वका नेता कार्यकर्तासँग साठगाठ गरेको आरोप लगाउनुभयो ।

तपाईको प्रतिक्रिया