शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

महेन्द्रनगर –  कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यले युरोपियन यूनियनका प्रतिनिधिलाई निर्वाचन पर्यवेक्षणमा रोक लगाउन माग गर्दै निर्वाचन आयोगमा पत्र पठाउनुभएको छ ।

कात्तिक अन्तिम साता जिल्ला आएको युनियनको तीन सदस्यीय टोलीले आचारसंहिताविपरित काम गरेको उहाँको भनाइ छ । टोलीमा लार्ज गोरान प्लागमेन, इभा सुहोनन र नेपाली दोभाषे पुष्कर पाण्डे संलग्न थिए ।

उनीहरुलाई जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा पर्यवेक्षण र अनुगमन गर्न नदिन मंगलबार आयोगमा पत्र पठाइएको आचार्यले जानकारी दिनुभयो ।

‘युरोपियन यूनियनको टोली जिल्ला अदालतमा प्रवेश गरी कर्मचारीसँग जिल्लाको राजनीतिक अवस्था र अदालतको जनशक्ति लगायतका विषयमा सोधपुछ गर्ने जस्ता कार्य आपत्तिजनक भएको ठहर गर्दै र्इयू टोलीलाई कञ्चनपुरमा निर्वाचन पर्यवेक्षणमा रोक लगाउन सिफारिस गरिएको हो,’ आचार्यले भन्नुभयो, ‘उनीहरुले अदालतको क्षेत्राधिकार मिचेको देखिएको छ ।’

टोली कात्तिक २६ मा कञ्चनपुर आइपुगेको थियो ।

तपाईको प्रतिक्रिया