शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

जनकपुर –  साथीको हत्या गरी त्यसलाई दुर्घटनाको रुप दिन खोजेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

शनिबार मिथिलानगर नगरपालिका–३, लालभित्तीस्थित यात्रु प्रतिक्षालय नजिकै सडक छेउ एक युवाको शव फेला परेको थियो । उक्त शव मिथिलानगर–२ का प्रदीपकुमार ठाकुरको रहेको खुलेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो ।

३२ वर्षीय वीरेन्द्र ठाकुर, २२ वर्षीय मनोजकुमार महरा र सुनील ठाकुरले घाँटी थिचेर उनको हत्या गरी दुर्घटनाको रुप दिन खोजेको देखिएको असइ किस्मत भण्डारीले जानकारी दिए । अभियुक्त वीरेन्द्र र मनोज प्रहरी नियन्त्रणमा छन् भने सुनिल फरार छन् ।

हत्याका अभियुक्तमध्ये वीरेन्द्र वैदेशिक रोजगारीका लागि एजेन्ट रहेको खुलेको छ । मृतक प्रदीप सिन्धुलीमा एक सैलुनमा काम गर्थे । वीरेन्द्रले एक व्यक्तिलाई विदेश पठाउन ‘अन्तरवार्ताको शुल्क’ भन्दै १० हजार रुपैयाँ लिएका थिए । तर, उनले ती व्यक्तिलाई विदेश पठाउन सकेनन् ।

प्रदीपले रकम फर्काउन दबाब दिन थालेपछि अन्य साथीसँग मिलेर वीरेन्द्रले उनको हत्या गरेको बयान अभियुक्तले दिएका छन् ।

तपाईको प्रतिक्रिया