शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो–जापानका अधिकांश क्षेत्रमा तापक्रम घटेर यस वर्षकै सबैभन्दा न्युन विन्दुमा पुगेको मौषमविद्हरुले जनाएका छन् ।
मौषमविद्हरुका अनुसार सोमबार बिहान चलेको तेज चिसो हावामा कारण धेरै ठाँउमा तापक्रममा कमी आएको एनएचकेको समाचारमा उल्लेख गरिएको छ । जापानका अधिकांश क्षेत्रहरुमा मौषम यस समयकै औषत ३ देखि १० डिग्री सेल्सीयसभन्दा कम रहेको छ । मौषमको बारेमा तथ्यांक संकलन गर्ने ४ सय १० वटा संकलन केन्द्र अर्थात देशकै ४० प्रतिशत तथ्यांक संकलन केन्द्रको मौषमी तथ्यांकका आधारमा तापक्रममा कमी आएको पाइएको हो ।
होकाइदोको सिमुकाप्पु गाउँमा –१७.३ डिग्री सेल्सीयस, नागानो प्रान्तको सुगादाइरामा –११.२ डिग्री सेल्सीयस, टोकियोको मध्य भागमा ३.६ डिग्री सेल्सीयस र योकोहामा तथा फुकुओका शहरमा ५.४ डिग्री सेल्सीयससम्म तापक्रम तल झरेको छ ।
चिसोका कारण जापानको उत्तरी क्षेत्रमा हिमपात समेत सुरु भएको छ । मौषमविद्का अनुसार बुधबारसम्म पुरै जापानमा तापक्रममा कमी हुने अनुमान गरिएको छ । नागरिकहरुलाई आफ्नो स्वास्थ्यप्रति सचेत रहन आग्रह गरिएको छ । हिमपात हुने क्षेत्रहरुका सडकमा हिउ जम्मा भई आवतजावतमा कठिनाई सृजना हुने हुदाँ सर्तक रहनका लागि सुझाव दिइएको छ ।

तपाईको प्रतिक्रिया