शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

भोजपुर – अज्ञात समुहले राखेको बम पड्कदा भोजपुरमा एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् ।

युवा संघ नेपाल भोजपुरका सचिवालय सदस्य तथा टेम्केकैयुङ गाउँपालिका कोट गाउपार्टी सचिव ३३ बर्षीय विक्रम राई बम पड्कदा गम्भीर घाइते भएका छन् । षडानन्द नगरपालिका दिङलाबाट चुनावीसभा सकेर मोटर साइकलमा सदरमुकाम भोजपुर आउदै गर्दा षडानन्द -८ भिरथाप्लामा राखिएको बम पड्किएको प्रहरीले जनाएको छ ।

बमले लागेर एमाले कार्यकर्ता राईको टाउकोमा गम्भीर चोट लागेको छ । बम प्रहारबाट घाइते भएका राई अचेत अवस्थामा रहेको र उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको जिल्ला पार्टी कार्यालयका सचिव शरणकुमार राईले जानकारी दिनुभयो ।

घटनाका बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक गीतनारायण चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया