शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो–महिलालाई नैतिक कार्य गरेर दुख दिएको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेपछि टोकियो विधान सभाका सदस्य मासातोसी इबीले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
५४ वर्षीय इबीका २० वर्षीय छोरा हाजुकी इबीले चोफु सहरमा अक्टोबर ६ का दिन बेलुका सात बजेतिर सडकमा हिडिरहेकी एक महिलालाई अनैतिक कार्य गरेको आरोपमा पक्राउ गरेपछि नैतिकताका आधारमा राजिनामा दिएको बताइएको छ । मासातोसी जापान कम्युनिष्ट पार्टीका सदस्य समेत हुन । फुकुओकाका आदिवासी रहेका उनले गत जुलाईमा  विधान सभामा विजयी भएका थिए । ‘यदि यो आरोप पुष्टि भयो भने क्षमा दिन नसकिने कार्य हो ।’ मासातोसीले भने अविभावकका नाताले यो कार्य मेरा लागि स्वाभाविक हो र म उसप्रति विश्वास राख्छु ।
छोरा इबी विश्वविद्यालयको विद्यार्थी हुन् । गनले एक कम्पनीमा काम गर्ने २० वर्षीया युवतीसँग सडकमा हिडिरहेका बेला गफ गर्ने क्रममा उनको स्कटभित्र हातले संवेदनशील अंगमा छोएको आरोपमा पक्राउ गरिएको निप्पन न्युज नेटवर्कले जनाएको छ ।
हाजुकीले प्रहरीद्धारा लगाइएको आरोप स्वीकार्दै आफुभित्र जम्मा भएको तनावको प्रष्फुटन हुदाँ दानवीय रुप देखिन पुगेको बताएको उनको भनाइलाई उदृत गर्दै प्रहरीले जनायो । गत वर्षपनि यस क्षेत्रमा यसप्रकारका धेरै घटनाहरु भएकोले प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया