शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – चलचित्र ‘बटरफ्लाई’ले ‘म गाउँदिन अब गीत’बोलको गजल ‘तिम्रो यादमा’ गीत सार्वजनिक गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रका बिभिन्न पक्षबारे जानकारी दिदै निर्माण युनिटले गीत सार्वजनिक गरेको हो ।

सुगम पोखरेल र अन्जु पन्तको स्वर रहेको गीतमा शब्द तथा सँगीत अर्जुन पोखरेलको रहेको छ । गीतको कोरियोग्राफी कबिराज गहतराजले गर्नुभएको छ ।

आर्यन अधिकारी र प्रियँका कार्की माथी गीत छायाँकन गरिएको छ । चलचित्रमा यी दुबै कलाकारको अलवा अर्पण थापा, रबिन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की, सुरबिर पन्डीत, मोहन निरौला लगायतका कलाकारको अभिनय रहेको छ ।

द फ्रेम क्रियशनको ब्यानरमा बनेको यो चलचित्र ओम प्रतिक गुरुङले निर्देशन गर्नूभएको छ । पुष्पान्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदी निर्माता रहेको चलचित्र २८ पुषबाट प्रर्दशनमा आउँनेछ ।

तपाईको प्रतिक्रिया