शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – दयाहाङ राई र श्वेता खड्का स्टारर चलचित्र ‘कान्छी’ को पहिलो गीत सार्वजनिक भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरेर चलचित्रको पहिलो गीत ‘चरी चट्ट परि..’ सार्वजनिक गरिएको हो ।

राजराजन सिवाकोटीको शब्द, सङ्गीत तथा स्वर रहेको गीतको भिडियोमा दयाहाङ र श्वेताले नृत्य गरेका छन् । स्वरमा राजनराजलाई अञ्जु पन्तले साथ दिएकी छन् ।  चलचित्रमा तेस्रोलिंगी भूमिका श्रेष्ठले पनि अभिनय गरेकी छन् ।

भिडियोको कोरियाग्राफी वसन्त श्रेष्ठले गरेका छन् । आकाश अधिकारीले निर्देशन गरेको चलचित्र ‘कान्छी’ माघ २६ गते अल नेपाल प्रदर्शन हुँदैछ ।

 

तपाईको प्रतिक्रिया