शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – काठमाडौँ महानगरपालिकाको १ करोड लागतमा ठमेल क्षेत्रभित्रको एक किमी सडक कालोपत्र गर्ने काम शुरु गरेको छ ।

महानगरपालिको सहयोगमा कामनपा -२६ ले ठमेल क्षेत्रको मनाङ होटलदेखि काठमाडौँ गेष्ट हाउस र वैशाली होटलदेखि ठमेल मार्ग तथा भगवानपाउ मार्गसम्मको सडक कालोपत्रको काम शुरु गरेको हो ।

सुन्दर र समृद्ध ठमेल निर्माण गर्ने उद्देश्यका साथ महानगरपालिकाले ठमेल क्षेत्रभित्रका सडकमा कालोपत्र गर्ने काम शुरु गरेको कामनपा -२६ वडाका अध्यक्ष ख्यामराज तिवारीले राससलाई जानकारी दिनुभयो । ‘चाँडै नै ठमेल क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यका साथ कालोपत्र गर्ने कामलाई तीव्रता दिएका हौँ, अध्यक्ष तिवारीले भन्नुभयो ।

केही महिना अगाडिदेखि नै ठमेल क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्रका रुपमा विकास गर्नका लागि महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेलका पर्यटन व्यवसायीबीच छलफल हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया