शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – हामीकहाँ चालकहरुलाई ट्राफिक नियम पालना गराउन ट्राफिक पुलिसलाई नै हम्मेहम्मे पर्दछ ।

तर, यहाँ पुलिस होइन कि एउटा कुकुर नै मान्छेहरुलाई नियम पालना गराउन काफी भएको छ । खबर भारतको बैंगलोरको हो । त्यहाँ मानिसहरुलाई ट्राफिक नियम पालना गराउने जिम्मा एउटा लाब्राडोर नश्लको कुकुरले लिएको छ ।

कुकुरको नाम हो, हनी । यसले सडकमा बसेर ट्राफिक नियम नमान्ने मानिसहरुलाई सबक सिकाउँदछ । यसले बाइक चलाउँदा हेलमेट नलगाउने मानिसलाई भुकेर थर्काउँछ । साथै ड्राइभिङ गर्दा सिटबेल्ट नबाँध्ने मानिसहरुलाई पनि यसले भुकेरै सचेत बनाउँदछ ।

यो कुकुर वास्तवमा सेलिब्रेटी नै हो । फिल्ममा पनि यसले अभिनय गरिसकेको छ । एउटा शर्ट फिल्ममा यो कुकुरले अभिनय गरिसकेको छ । -एजेन्सी

तपाईको प्रतिक्रिया