शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – नेपाल पर्यटन बोर्डले नियमित आयोजना गर्दै आएको फोटो नेपाल प्रर्दशनीमा यसवर्ष सगरमाथा क्षेत्रको गोक्यो री ताललाई समेटेको छ ।

फोटोग्राफर दावा लामाले खिचेको ३३ तस्बिरहरू नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपको प्रदर्शनीमा राखिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने गोक्यो री ताल (५३६० मिटर) का सुन्दर फोटोहरु बोर्ड परिसरमा असोज १३ सम्म निःशुल्क हेर्न पाइनेछ । फोटोग्राफर लामाले सन् २०११ देखि खिचेको तस्बिर प्रदर्शनीमा राखिएको छ ।

‘गोक्यो री लेकबाट सगरमाथासँगै, मकालु, चोयु र ल्होत्से हिमालको दृश्यावलोकन गर्न सकिने र यो आफैंमा पर्वतीय रुट पनि भएकाले फोटो नेपालमा यसपटक समावेश गरिएको हो,’ नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले कार्यक्रमको उद्घाटन गर्दै भने ।

नाम्चेबाट गोक्यो री पुग्न तीन दिन लाग्छ । दसैं र तिहारको समय सो स्थान भ्रमण गर्न उपयुक्त समय मानिन्छ । १५ वर्षदेखि पर्वतारोहण पर्यटन क्षेत्रमा क्रियाशिल लामा ट्राभल टाइम्स ट्रेक्स सञ्चालसमेत गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया