शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

सर्लाही  – सर्लाहीको हरिवन नगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार गणेश प्रसाई ६ हजार ५४ मत ल्याएर मेयर पदमा विजयी हुनुभएको छ।

उहाँले माओवादी केन्द्रका  मेयर पदका उम्मेदवर रमेश बुढाथोकीलाई ८७० मतले पछिपार्दै मेयर पदमा निर्वाचित हुनुभएको हो। माओवादी केन्द्रका रमेश बुढाथोकीले ५ हजार १८४ मत ल्याउनु भएको छ।

त्यसैगरी उपमेयरमा पनि नेकपा एमालेकै रेणु पौडेल ५ हजार ९९८ मत ल्याएर विजयी हुनुभएको छ। उहाँले माओवादी केन्द्रका उपमेयर पदका उम्मेदावर पद्मा मोक्तानलार्इ १ हजार ५६२ मतले पछि पार्दै निर्वाचित हुनुभएको हो। पद्मा मोक्तानले ४ हजार ४३६ मत ल्याउनु भएको छ।

त्यसैगरी सर्लाहीको गोडैटा नगरपालिकामा राजपा नेपालका मेयर पदका उम्मेदवार देवेन्द्रकुमार यादव ४ हजार १०२ मत ल्याएर मेयर पदमा विजयी हुनुभएको छ। उहाँले नेपाली कांग्रेसका मेयर पदका उम्मेदवर उपेन्द्र कुशवाहालाई ४२८ मतले पछि पार्दै मेयर पदमा निर्वाचित हुनुभएको हो।नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार उपेन्द्र कुशवाहाले ३ हजार ६७४ मत ल्याउनु भएको छ।

त्यसैगरी उपमेयरमा पनि राजपाकै अन्जना कुशवाहा ४ हजार ९७५ मत ल्याएर विजयी हुनुभएको छ। उहाँले नेपाली कांग्रेसका उपमेयरका उम्मेदवार आशादेवी पासवानलार्इ १ हजार ८५३  मतले पछि पार्दै निर्वाचित हुनुभएको हो। आशादेवीले ३ हजार १२२ मत ल्याउनु भएको छ।

तपाईको प्रतिक्रिया