शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – जापानस्थित नेपाली दूतावासले एक कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । सेप्टेम्बर २० तारिक बुधबारका दिन टोकियोको मिनातोकोमा रहेको होटेल ओकुरामा संविधान दिवस मनाइएको हो ।

सो अवसरमा बोल्दै जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले नेपाल र जापानबीचको सम्बन्ध सदियौंदेखि सुमधुर र मजबुद रहेको उल्लेख गर्नुभयो । जापानले नेपालको सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्याउदै आएको भन्दै राजदूत राणाले जापानको प्रशंसासमेत गर्नुभयो ।

नेपालमा लगानीको वातावरण सृजना भएकोले लगानी गर्न जापान सरकारलाई उहाँले आग्रह गर्नुभएको छ । स्थानीय तहको निर्वातन सम्पन्न भइ राजनीतिक स्थिरता कायम भएको उल्लेख गर्दै उहाँले नेपालमा लगानी गर्न र भ्रमण गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा प्रमुख अतिथिसमेत रहनु भएका परराष्ट्र मन्त्रालयका संसदीय उपमन्त्री आयो होरीले जापान र नेपालको सम्बन्ध सुमधुर रहेको भन्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता जनाउनु भएको छ ।

जापानका वातावरण राज्यमन्त्री तादाहिको इतोले कार्यक्रममा आउन नसके पनि एक सन्देश दिनुहुदै नेपालका आर्थिक विकासमा सदैव सहयोग गर्ने विश्वास दिलाउनु थियो ।

सो अवसरमा जापानका व्यवस्थापिका संसद, परराष्ट्र मन्त्रालयका पदाधिकारी, विभिन्न कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, व्यवसायी, गैर आवासिय नेपाली संघका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया