शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मेक्सिको – मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म एक सय भन्दा बढी मानिसको ज्यान गएको पुष्टि भएको मेक्सिकोका सरकारी अधिकारीले बताएका छन् ।

मेक्सिकोको पोएब्ला राज्य केन्द्रविन्दु भएर ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण मोरेलोस, पोएब्ला र मेक्सिको सिटीमा बढी क्षति पुर्‍याएको छ । अहिले उद्धार तथा राहतको काम भइरहेको छ ।

भूकम्पका कारण धेरै भवन भत्किएको र भत्किएका भवनमा मानिस फसेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् ।

मेक्सिको सिटीको विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ भने भवनहरु खाली गरिएका छन् । मेक्सिकोमा पछिल्लो समय भूकम्पले ठूलो क्षति गरेको छ । सेप्टेम्बरको सुरुमा मेक्सिकोको दक्षिणी क्षेत्र केन्द्रविन्दु भएर गएको ८ दशमलव १ रेक्टर स्केलको भूकम्पका कारण कम्तिमा ९० जनाको ज्यान गएको थियो ।

मंगलबार राति गएको भूकम्पको केन्द्रविन्दु पोएब्ला राज्यको एटेनटिङ्गो नजिक हो । यो राजधानी मेक्सिको सिटीबाट एक सय २० किलोमिटर पर पर्छ ।

भूकम्पका कारण अहिलेसम्म ज्यान गुमाएका मध्ये ५४ जना मोरेलोस राज्यका छन् । यस्तै पोएब्लामा २६ जनाको ज्यान गएको छ । यस्तै मेक्सिको सिटीमा ३० जनाको ज्यान गएको पुष्टि भएको छ । १० हजार भन्दा बढी मानिसको ज्यान जाने गरी ३२ वर्षअघि गएको भूकम्पको वर्षगाठ मै भूकम्प गएको हो ।

तपाईको प्रतिक्रिया