शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – ‘ओए लभ्ली’बाट निकै चर्चा र दर्शक स्रोताको मन जित्न सफल हुनु भएका नरेश जोगीले ‘ओ मेरी माया’ बजारमा ल्याउनु भएको छ । गीत लेखन, संगीत र गायनमा व्यस्त रहनु भएका जोशीले ‘ओ मेरी माया’ बजारमा ल्याउनु भएको हो ।

नरेश जोगी र भागवती शाहीको स्वर रहेको ‘ओ मेरी माया’मा संगीत पनि नरेश जोगी कै रहेको छ । गीतको म्युजिक भिडियोमा द नमस्ते क्रीयु र डिम्पल ठकुरीको अभिनय रहेको छ ।

सलीना म्युजिकले बजारमा ल्याएको गीतको निर्देशन रबिन थापाले गर्नु भएको छ भने, करण चैसिरले छायाङकन गर्नु भएको हो ।

तपाईको प्रतिक्रिया