शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्षका लागि भवन भट्टले उम्मेदवारी घोषणा गर्नुभएको छ । आज राजधानीमा पत्रकार सम्मेलनमार्फत भट्टले आगामी कार्यकालका लागि एनआरएनको अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

हाल शेष घले नेतृत्वको कार्यसमितिमा उपाध्यक्ष रहनु भएका भट्टले आफूले एनआरएन राम्ररी बुझेको भन्दै नेतृत्व गर्ने अवसर प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले लाप्राक नमुना वस्ती, एनआरएन भवन निर्माण, भिजन ट्वान्टी-ट्वान्टी एण्ड वियोन्ड, सामुहिक लगानीका परियोजना निर्माण लगायतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभएको छ । साथै एनआरएनएमा आवद्ध बैदेशिक रोजगारीमा रहेका नेपालीको बीमा गर्ने, स्टार्टअप फन्डको व्यवस्था गर्ने, स्मार्ट एनआरएन बनाउने उहाँको नयाँ एजेण्डा छ ।

टीबीआई ग्रुपका प्रमुखसमेत रहनुभएका भट्टको नेपालमा हवाई उड्यन, संचार तथा पूर्वाधार विकास निर्माणमा लगानी रहेको छ । यही असोज २८ देखि ३१ गते काठमाडौंमा एनआरएनएको आठौ विश्व सम्मेलन हुंदैछ । सम्मेलनले आगामी दुई वर्षका लागि एनआरएनएको नयाँ नेतृत्व चयन गर्नेछ । ***

तपाईको प्रतिक्रिया