शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – संघीय संरचना अनुसार स्वास्थ्य नीति तर्जुमाका लागि सरकारले नौ वटा कार्यदल र एउटा परामर्श समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रीको नेतृत्वमा गठित उच्चस्तरीय नयाँ स्वास्थ्य नीति निर्धारण समितिको आज बसेको बैठकले समानान्तर काम सुरु गर्नका लागि सो कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

कार्यदलले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको चुनाव अघि नै पहिलो प्रतिवेदन तयार गर्ने समितिका कार्यकारी उपाध्यक्ष डा। महेशकुमार मास्केले बताउनुभयो । पहिलो प्रतिवेदन तयार भइसकेपछि सात वटै प्रदेशमा प्रतिवदेन माथि छलफल गरिने डा। मास्केले जानकारी दिनुभयो ।

प्रतिवदेन तयार गर्न समय कम भएको बताउँदै उहाँले सुझाव दिन छुट्टै बेवसाइट सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । सो समितिले संघीय संरचना र स्वास्थ्य प्रणालीका बारेमा फ्रेम वर्क गर्नेछ । संघीय संरचना अनुसार स्वास्थ्य नीति तर्जुमाका लागि युद्धस्तरमा काम भइरहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया