शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – जापान सरकारले नेपालका बाढी पीडितका लागि २ करोड ३४ लाख रुपैयाँ बराबरको राहत सामाग्री सहयोग गरेको छ । नेपालका लागि जापानी राजदूत मासी ओगावाले आज गृहमन्त्री जनार्दन शर्मालाई राहत सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

जापानले ३ हजार थान व्ल्यांकेट, १ सय थान प्लास्टिकको म्याट, २ हजार थान स्लीपिङ प्याड, १ सय थान टेन्ट र १० थान पानी ट्यांकर सहयोग गरेको छ । यो पहिलो चरणको सहयोग रहेको थप सामग्री आउने क्रममा रहेको जापानका लागि राजदूत ओगावाले बताउनुभयो ।

सन् २०११ र गत वर्ष अप्रिल महिनामा जापानमा गएको भूकम्पको बेला नेपाल र नेपाली जनताले गरेको सहयोगको स्मरण गर्दै उहाँले नेपाललाई परेको समस्यामा असल साथीको रुपमा जापान सरकार र जापानीज नागरिकले सहयोग गरेको बताउनुभयो । पहिलो चरणको राहत सामग्री बुझ्दै गृहमन्त्री शर्माले सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया