शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – भारतको सर्वोच्च अदालतले तीन पटक तलाख भन्दै सम्बन्धविच्छेद गर्ने मुस्लिम समुदायको प्रचलन माथि ६ महिना प्रतिबन्ध लगाएको छ । अदालतलेसंसदमा यस सम्बन्धी विधेयक लगेर कानुन बनाउन भारत सरकारलाई निर्देशन समेत दिएको छ ।

तीन पटक तलाख भनेको भरमा हुने भनिएको सम्बन्ध विच्छेदलाई अदालतले असंवैधानिक घोषणा गरेको छ । पुरुषले तीन पटक तलाख भन्दैमा सम्बन्ध बिच्छेद हुनु हिंसा भित्र पर्ने भन्दै मुस्लिम समुदायका महिलाले परम्पराको विरोध गर्दै आएका थिए । भारत सरकारले पनि सो प्रचलनको बिपक्षमा रहेको बताउदै आएको थियो ।

धार्मिक आस्थासँग जोडिएको परम्परालाई असंबैधानिकको संज्ञा दिनु गलत रहेको भन्दै मुस्लिम व्यक्तिगत कानुन बोर्डले भने विरोध जनाएको छ । -एजेन्सी

 

तपाईको प्रतिक्रिया