शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – सरकारले प्रदेशसभा र संघीय संसदको चुनाव आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गरेको हो ।

बैठकमा मंसिर १० गते गर्ने गरी निर्वाचन आयोगलाई लेखि पठाउने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले दुई चरणमा गर्ने कि एकैचरणमा भन्ने केही उल्लेख नगरी आयोगलाई लेखिपठाइनेछ । तर निर्वाचन आयोगले यसअघि दुई चरणमा चुनाव गर्ने गरी मंसिर ४ र २१ को मिति प्रस्ताव गरेको थियो ।

बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका बारेमा पनि छलफल भएको छ । भारतसँगका एजेण्डाका बारेमा जानकारी छलफल भएको मन्त्री बस्नेतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया