शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – नयाँ शक्ति पार्टीले १५ जना नेतालाई पार्टीलाई निष्काशन गरेको छ । पार्टीका संघीय परिषद सदस्यसमेत रहेका देवेन्द्र पौडेलसहितका नेता धुव्रीकरण समिति गठन गरेपछि उनीहरुलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको हो ।

उनीहरुले पार्टी नीति र विचार विपरित काम गर्दै आएको र पटक–पटक सचेत गराउँदा पनि पार्टी विरोधी गतिविधि गरेकाले निष्काशन गरिएको नयाँ शक्तिले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

उनीहरुले शुक्रबार मात्र देवेन्द्र पौडेको नेतृत्वमा केन्द्रीय संयोजन समिति गठन गरेर नयाँ राजनीतिक कार्यदिशा र घोषणापत्र तयार गर्ने निर्णय गरेका थिए ।

तपाईको प्रतिक्रिया