शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं  – बाढी प्रभावित क्षेत्रमा महामारी फैलने जोखिम बढेको छ । बाढी र डुबान क्षेत्रमा झाडापखाला, ज्वरो र रुघाखोकीका बिरामी बढ्न थालेका छन् ।

बाढी प्रभावित सबै ठाउँमा स्वास्थ टोली पुग्न सकेको छैन । खाने पानी तथा खाद्यान्न र अत्यावश्यक औषधि नहुँदा बिरामीले सास्ती भोग्नु परेको प्रभावितले बताएका छन् ।  सप्तरीको इनरुवा, बनरझुला, टिकुलिया, कुसाहा, लगातयत क्षेत्रमा स्वाथ्य टोली पुगेको छैन ।

यस्तै बाढी प्रभावित क्षेत्रमा सर्पको बिगबिगी पनि बढेको छ । महोत्तरीको गौशाला नगरपालिका–४ का नरबहादुर थापाले डुबान क्षेत्रमा सर्प र लामखुट्टे बढेको बताउनुभयो ।

बाढी प्रभावितले औषधि उपचार र राहत नपाएको बताइरहे पनि सरकारले भने सम्भावित रोग र प्रकोपको जोखिम कम गर्ने काम भइरहेको दाबी गरेको छ ।  स्वास्थ्य मन्त्रालयले मातहतका निकाय र स्थानीय तहलाई आग्रह गरेको जनाएको छ ।

चिकित्सा सेवा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठले सुरक्षित खानेपानी, पोषणयुक्त खानेकुरा र न्यानो कपडाको व्यवस्था गर्ने काम भइरहेको बताउनु भएको छ । सरकारी तथ्यांक अनुसार बाढी पहिरोमा परी अहिलेसम्म १२३ जनाको ज्यान गएको छ । गृह मन्त्तालयले हवाईमार्ग हुँदै राहत पुराइरहेको दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया