शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो- फुजिता पर्यटन ग्रुपकाे काैशल प्रतियाेगितामा एक नेपाली प्रथम भएकी छिन् । कुकिङ, कस्टमर डिलिङ र हाउस किपिङ गरी ३ विधामा गरिएकाे प्रतियाेगितामा  फेअटन कम्पनीमा कार्यरत उर्मिला अधिकारी रूपाखेती हाउसकिपिङ (वेडमेकिङ) मा प्रथम भएकी हुन् ।

कम्पनीले अाफ्ना कर्मचारीहरूकाे जाेशजाँगर र कामप्रतिकाे लगाव बढाउन हरेक वर्ष यस किसिमकाे प्रतियाेगिताकाे अायाेजना गर्दै अाइरहेकाे छ । ३८ वटा हाेटलमा कार्यरत कर्मचारीहरूमध्ये प्रारम्भिक छनाैटमा १२ जना परेका थिए । साेही १२ जनाबीचकाे फाइनलमा उर्मिला  प्रथम भएकी हुन् । उर्मिला २०१६ अप्रिलदेखि फुजिता पर्यटन ग्रुपकाे कम्पनी अन्तरगत फेअटन कम्पनीमा कार्यरत छिन् ।

हाउसकिपिङ र भवन मर्मत मुख्य सेवा दिंदै अाइरहेकाे यस कम्पनीमा १८ सय कर्मीचारी मध्ये ७ सय विदेशी कामदार रहेका छन् । हाल कम्पनीमा १०० बढी नेपालीहरू कार्यरत छन् । ***

तपाईको प्रतिक्रिया