शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो-गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा तासी वाङदी लामा सर्वसम्मत भएका छन् । अध्यक्षका प्रत्यासी अनुज थापा अाईसीसी सदस्यमा जान राजी भएपछि तासी लामा अागामी कार्यकाल २०१७-२०१९ काे लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । त्यसैगरी महासिचवमा वुद्धिराज घिमिरे र काेषाध्यक्षमा कालिका थापा चयन भएका छन् ।

अाईतवार टाेकियाे निशी अाेगिकुवाेमा सम्पन्न अाठाैं राष्ट्रिय अधिवेशनमा एनअारएनए उपाध्यक्ष भवन भट्टसहित स्थानीय राजनीतिक दल र जापानका संघसंस्थाका प्रतिनिधीहरूकाे बैठकमा सर्वसम्मत पदाधिकारी चयन गर्ने प्रयास भए अनुसार अध्यक्ष, महासचिव र काेषाध्यक्ष पदमा सर्वसम्मत चयन गरिएकाे हाे ।

मुख्य तीन पदका लागि सहमति भएपछि अन्य पदमा पनि सहमति खाेजिने बताइएकाे छ । ‘बाेल्नेलाई सुनाैं, काम गर्नेलाई चुनाैं’ भन्ने मुख्य नारासहित अाफ्नाे उम्मेदवारी घाेषणा गरेका लामाले सर्वसम्मत चयन भएपछि अाफूले जापानबासी हरेक नेपालीकाे सुखदुःखमा साथ दिएर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन् । अाफू कुरामा भन्दा काममा विश्वास गर्ने भएकाेले सदैव जापानबासी नेपालीहरूकाे हितमा काम गर्ने र त्यसकाे लागि जापानमा रहेका संघसंस्था, राजनैतिक दलका भातृसंस्थाहरू लगायत जापानबासी नेपालीहरूमा सहयाेगकाे लागि पनि लामाले अपिल गरे ।
एनअारएनए जापानकाे तर्फबाट अाइसीसी सदस्यमा ६ जनाकाे संख्या भए पनि पाँच जनाले मात्र उम्मेदवारी दर्ता गराएका थिए । खाली रहेकाे एक सदस्यमा अध्यक्षका प्रत्यासी उम्मेदवार अनुज थापा जान राजी भएपछि सहमतिकाे ढाेका खुलेकाे हाे । अाइसीसी सदस्यमा टंकप्रसाद गैरे, कपिलदेव थापा, डिलाराम खरेल, दिनेश गुरूङ र केशर गिरी निर्विराेध भैसकेका छन् । ***

तपाईको प्रतिक्रिया