शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं  – ताप्लेजुङमा जारी दोस्रो पाथिभरा गोल्डकप प्रतियोगिताको दोेस्रो सेमिफाइनल खेलमा आज शसस्त्र प्रहरीको दमक टिम र सगरमाथा युवा क्लब, मोरङबीच प्रतिस्पर्धा हुने भएको छ ।

यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा चर्च ब्वाइज क्लव पाथीभरा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।  घरेलु टिम नवप्रयास युवा क्लब ताप्लेजुङलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

चर्च ब्वाइजले अब भोली हुने उपाधी भिडन्तमा आजको दोस्रो सेमिफाइलन विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।  यही साउन ३० गते सम्पन्न हुने उक्त प्रतियोगिताका विजेताले ट्रफीसहित दुई लाख ११ हजार १११ र उपविजेताले रु एक लाख ११ हजार १११ प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया