शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – क्यारिकेचर गर्दै आएका कलाकार सुबोध गौतमले गाईजात्रा कोसेलीस्वरुप ६२ थरि आवाज निकालेको भिडियो सार्वजनिक गरेका छन् । उनले राजनीतिक दलका नेतादेखि चलचित्रका अभिनेता र हाँस्यकलाकारको दुरुस्तै क्यारिकेचर गरेको भिडियो सार्वजनिक गरेका हुन् । उनले क्यारिकेचरमार्फत नेताहरुलाई व्यंग्य हानेका छन् ।

कलाकार गौतमले बालबालिका माझ लोकप्रिय मोटु पात्लु टेलिभिजन कार्यक्रमका अधिकांश पात्रको आवाज पनि हुबहु नक्कल गरेका छन् । केहि समय घुलमिल भएपछि जो कोहीको क्यारीकेचर गर्न सक्ने कलासँगै उनीसँग भएको जनावर र चराचुरुंगीको आवाज निकाल्ने क्षमतालाई पनि यस भिडियोमा देखाएका छन् । उनी भन्छन् – ‘मानिसको आवाज वा बोल्ने हाउभाउ बुझेपछि उक्त व्यक्तिको क्यारिकेचर गर्न सजिलैसँग सक्छु । सयौँ व्यक्तिको नक्कल गर्न सकेपनि भिडियोमा भने प्रसंग मिलाएर ६२ प्रकारको मात्र आवाज समावेश गरेको छु । आउँदा दिनमा थप व्यक्तिको क्यारिकेचर पनि दर्शकमाझ प्रस्तुत गर्नेछु ।’
कलाकार गौतम लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा गनगनेको भूमिकामा पनि देखिएका थिए । ***

सुबोधको गाईजात्रे कोसेली ६२ थरि आवाजमा भिडियो

 

तपाईको प्रतिक्रिया